काठमाडौ महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सूचना
सोमबार, २६ साउन २०७७, १५ : २५
काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ ।
कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक पसल मात्रै खोल्न भनेको हो । त्रिपुरेश्वरदेखि टेकुसम्म वडा नम्वर १२ र लगनटोल २१ मा पर्छ।
कोरोना भाइरस संक्रमण अत्याधिक बढेपछि महानगरले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल नखोल्न सुचित गराएको हो । ती स्थानमा खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।
‘मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना आदी बन्द गर्न अनुरोध गरिन्छ’ साउन २६ गतेको बैठकपछि महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर