बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा ब्राउन सुगरसहित ६ युवक पक्राउ

सोमबार, २६ साउन २०७७, १४ : ५९
सोमबार, २६ साउन २०७७

सिरहा । सिरहा प्रहरीले लागुपदार्थ ब्राउन सुगरसहित ६ जना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोलबजार नपा ६ ढोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै  घरमा बिक्रीको लागि लुकाई राखेको १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ । गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा गएको टोलीले गुप्तासहित ओसारपोसारमा सहयोग गर्ने र सेवन गर्नेहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । उनीहरुलाई लगुऔषधसम्बन्धि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप