शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाओमी रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक, यस्ता छन् विशेषताहरु

सोमबार, २६ साउन २०७७, १४ : ५६
सोमबार, २६ साउन २०७७

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतालाई चुनौती दिएको बताए । उनले भने, ‘यो सिरिज वास्तविक मी फ्यानहरुका लागि निर्मित गरिएको हो र हामी आशा गर्दछौं कि उनीहरुले औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई सरहाना गर्नेछन् किनकी हामी उत्कृष्ट विशेषताहरुका साथ उच्च गुणस्तरका उत्पादनहरु सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेका छौं ।’

रेडमी नोट ९ प्रो म्याक्स — प्रो क्यामेरा, अधिकतम प्रदर्शन
शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ ।

औरा ब्यालेन्स डिजाइन
औरा डिजाइन जुन हाम्रो रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्यारडाइम शिफ्ट भएको छ । यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गर्दछ । १६.९सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०ः९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ र फ्रन्टमा भएको इन डिस्प्ले क्यामेराले नचहरुलाई हटाउँछ जसले यसलाई रेडमीको स्मार्टफानमा उपलब्ध अहिले सम्मकै ठुलो डिस्प्ले बनाउँछ । रियरमा क्वाड क्यामेरा सेटअप छ जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्दछ ।

प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता छ, र यो सेग्मेन्टमा यस विशेषता हुने एक मात्र डिभाइस बनेको छ । जेड एक्शीस लिनियर मोटरले यूआईमा १५० भन्दा बढि कस्टुम भाइब्रेसन प्याट्रनमार्फत फ्ल्यागसीपमा जस्तो ह्यापटिक अनुभव प्रदान गर्दछ ।

पर्फमेन्स
रेडमी नोट ९ प्रो म्याक्समा पर्फमेन्समा केन्द्रित क्वालकम स्न्यापड्रैगन ७२०जी र ८एनएम चिपसेट छ जसमा कस्टुम कायरो आर्टिटेक्चर छ । यो 8 Kryo™ 465 cores (2 x Gold – Cortex A76 clocked at 2.3 GHz + 6 x Silver – Cortex A55 clocked at 1.8 GHz) द्वारा संचालित छ र ७५० एमएचजेडमा एड्रिनो ६१८ जीपीयू को साथै स्न्यापड्रैगन इलाइट गेमिङसँग जोडिएको छ । गेमिङ र पर्फमेन्सलाई बढाउन यस डिभाइसमा २x२ मिमो वाईफाई छ जसले २x सम्म, उत्कृष्ट लेटेन्सी, कभरेज र कल स्पष्टतालाई सक्षम बनाउँछ ।

शाओमीको आइएसआरओ र क्वालकम टेक्नोलोजीहरुसँगको गहन साझेदारीको परिणामस्वरुप क्वालकम स्न्यापड्रैगन ७२०जी को सपोर्टका साथ NavIC इन्ट्रीगेशन ल्याएर नेभिगेसनल टेकमार्फत छलांग मारेको छ । NavIC आईएसआरआको इन्डिजीनियस नेभिगेशन प्रणाली हो जसले १५०० किमी र भारत उपमहादीपको वरिपरि कम टाइम टु फिक्स र उत्कृष्ट एकुरेसीको अनुमति दिन्छ । रेडमी नोट ९ प्रो म्याक्सले स्लिम प्रोफाइल कायम राख्दै विशाल ५०२० एमएएच ब्याट्री प्रस्तुत गर्दछ । रेडमी नोट ९ प्रो म्याक्स बक्समा ३३वाट्ट फास्ट चार्जरको साथ आउँछ ।

क्यामेरा : उत्कृष्ट गुणस्तर, अधिक रचनात्मकता
रेडमी नोट ९ प्रो म्याक्समा क्वाड क्यामेरा सेटअपको सुविधा सहित ६४एमपी सामसङ्ग आइसोसेल ब्राइट जीडब्लु१ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्यूका साथ ८एमपी अल्ट्रा—वाइड सेन्सर, उद्योग अग्रणी ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर छ । फ्रन्टमा ठुलो ३२एमपी सेन्सर छ जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ । प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अब अध्यारो वातावरणमा पनि सेल्फी लिन सक्छन् ।

रचनात्मक र सृजनाकर्ताहरुलाई सक्षम गर्नका लागि रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि टुल जस्तै रियर क्यामेरा, दुवै मुख्य क्यामेरा र वाइड एन्गल सेन्सरमा सुपर स्टेबलाइजेशन छ । सुपर स्टेबलाइजेशनले ईआईएसको तुलनामा उच्च स्तरको स्थिरताका  साथ प्रयोगकर्तालाई भिडियो सुट गर्न सक्षम गर्दछ । प्रयोगकर्ताले मुभी मोडमा सुट गर्न सक्दछन् जसले भिडियोमा २१ः९ फ्रेमको लागि अनुमति दिन्छ । ५ एमपी म्याक्रो सेन्सरले १०८० पी मा भिडियो रेकर्डिङ गर्न सक्षम गर्छ जुन यस सेग्मेन्टमा दुलर्भ छ । कलाइडस्कोप,  दुवै रियर र फ्रन्ट क्यामेरामा भएको स्लो मोसन भिडियोले प्रयोगकर्तालाई इन्गेजिंग कन्टेन्ट बनाउन सक्षम गर्दछ । प्रो मोडमा भएको लग मोड, हिस्टोग्राम, फोकस  पिकिंग, एक्सपोजर पिकिंगले कन्टेन्ट क्रेटरलाई आकस्मिक भिडियो निर्माणमा भन्दा धेरै राम्रो बनाउँन अनुमती दिन्छ ।

१०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई
१०००० एमएएच मी पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५ प्रतिशतसम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ ।

उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा  पोलीकारबोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ ।

दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ । यसका साथै मी पावर बैंक २आईमा वल्र्ड—क्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ÷डिस्चार्जिङ चिप छ । सुरक्षालाई सुनिश्चित गर्दै, यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउँछ ।

शाओमीका सबै पावर बैंकहरु हरेक चरणमा कडा गुणस्तर परिक्षणको ९ तहको र ३ स्तरको प्रोसेस इन्स्पेक्सन गरिन्छ ।

मुल्य र उपलब्धता
- रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी+१२८जीबी र ८जीबी+१२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१,९९९ र रु ३४,९९९ मा उपलब्ध हुनेछ ।
-मी  पावर बैंक २आई दुई भेरियन्टमा —१०००० एमएएच र २०००० एमएएचमा  क्रमशः रु १,८९९ रु ३,१९९ मा उपलब्ध हुनेछ ।
-दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप