कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या दुई करोड नाघ्यो
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई