मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?

सोमबार, २६ साउन २०७७, १३ : १६
सोमबार, २६ साउन २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । 
बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । 
तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ । 

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीले जानकारी दिए । सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप