बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा बाढीको वितण्डाः ११ घर र ३ वटा पुल बगायो, एक जना महिला बेपत्ता

सोमबार, २६ साउन २०७७, १२ : ०६
सोमबार, २६ साउन २०७७

बाजुरा  ।  गत रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण बाजुरामा ठूलो क्षति भएको छ । वर्षासँगै आएको बाढीले  ११ वटा घर तथा ३ वटा पुल बगाएको छ भने १ जना महिला बेपत्ता भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रातोपाटीलाई जानकारी दिए ।

गैरेका अनुसार बाढीले बडीमालिका नगरपालिका–२ मा ११ घर बगाएको हो । एक जना महिला घरबाट निस्केको र उनलाई बाढीले बगाएको भन्ने प्रारम्भिक जानकारी आएकाले उनको खोजी भइरहेको उनले जानकारी दिए । क्षतिको पूर्ण विवरण भने आइनसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरका डिएसपी टंकप्रसाद भट्टराईले गौमुल गाउँपालिकामा पनि धेरै क्षति भएको भन्ने जानकारी आएको बताए ।  उनले गोमुल गाउँपालिका–२ मा मात्रै ३ वटा पुल बगाएको र घर पनि बगाएर लगेको भन्ने जानकारी आएको बताए । क्षतिबारे यकिन विवरण प्रहरी टोली पुगेपछि मात्र थाहा हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप