शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई खबरदारी गर्न रचनात्मक शैली

सोमबार, २६ साउन २०७७, ०९ : २६
सोमबार, २६ साउन २०७७

काठमाडौं । कोरोना नियन्त्रणमा असफल भएको भन्दै सरकारको विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ । यस्तैमा साझा पार्टीले भने रचनात्मक शैली अपनाएर विरोध प्रदर्शन गरेको छ । 
सरकारले अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको, न्याय निमोठेको र भोकमरीको चपेटामा परेका जनताको अभिभावक हुन नसकेको भन्दै  पार्टीले  ‘३६५ दिननै गाईजात्रा’ प्रतिस्थापन कला विद्रोह मार्फत सांकेतिक खबरदारी गरेको हो।

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कोरोना महामारीको बीचमा पनि ‘प्रतिस्थापन कला विद्रोह’ मार्फत सरकारलाई रचनात्मक तवरले सन्देशमूलक खबरदारी गर्न खोजिएको बताए।

यति प्रकरण, ७० करोड काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, ओम्नी प्रकरण, निर्मला हत्याकाण्ड, अंगीरा पासी हत्या, एसिड आक्रमण, गीता ढकालका हत्यारा उन्मुक्ति काण्ड, नवराज बिक लगायतको हत्या, बालुवाटार जग्गा प्रकरणमा मुछिएको सरकार सत्याग्रहीसंग अमानवीय प्रस्तुत भएको भन्दै रचनात्मक किसिमले सरकारलाई खबरदारी गरिएको उनले जनाए।
सरकारलाई विषम परिस्थितिमा पनि गैर जिम्मेवार र गैर जवाफदेही बन्ने छुट छैन भन्दै रचनात्मक विरोधका क्रममा मास्क र पन्जा अनिवार्य गराउँदै भौतिक दुरी कडाइका साथ कायम गरिएको नेता परियारले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप