शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

सोमबार, २६ साउन २०७७, ०७ : ०१
सोमबार, २६ साउन २०७७

वि.सं.२०७७ साल साउन २६ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी,अहोरात्र । नक्षत्र– अश्विनी,३८ घडी १३ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त भरुणी । योग–शूल,०५ घडी ३८ पला,बिहान ०७ बजेर ४७ मिनेट उप्रान्त गंड । करण– भद्रा,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक ठाउमा श्रम तथा शक्ती खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । तरपनि यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले कामगर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाँफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरीएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउदै थप लगानी गरी विलाशी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थी हरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
कोटेश्वर,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धीत जानकारिको लागी अवस्य सम्झनु होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप