बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मास्क नलाउने ३ लाख ९५ हजार कारवाहीमा

उपत्यका छिर्न खोज्ने ७ हजार ६ सय सवारी फिर्ता
आइतबार, २५ साउन २०७७, २२ : ४४
आइतबार, २५ साउन २०७७

काठमाडौं । कोभिड–१९ को जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले निगरानीमा राखेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई गृह प्रशासनले कारवाही गरेको छ ।

मास्क प्रयोग नगर्ने व्यक्तिमध्ये केहिलाई सम्झाई बुझाई छाडेर र कतिपयलाई जरिवाना समेत गरिएको गृह मन्त्रालका प्रवक्ता सह-सचिव चक्रबहादुर बुढाले प्रेश विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

शुक्रवार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाई हिँड्नेप्रति निर्मम बन्ने निर्णय गरेको थियो । मास्क प्रयोग नगर्नेलाई सरकारले ठाउँको ठाउँ १ सय रुपैयाँ जारिवाना गर्ने गरेको छ । सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई सुरक्षाकर्मीहरुले नागढुंगा र साँगा र फर्पिङ (हुमाने भन्ज्याङ) लगायतका नाकाबाट फिर्ता गरेका छन् । लकडाउन अवधिमा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढी यात्रुलाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

लकडाउन उल्लंघन गर्दै बिनाकाम सडकमा निस्किएका १ लाख ३७ हजार दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई प्रहरीले सडकमै होल्ड गरेको छ । पछिल्लो पटक निर्णय गरिएको जोर बिजोर प्रणाली विपरित सवारी चलाउने ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डमा राखेर कारवाही गरिएको गृह मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप