रुपन्देहीमा स्थानीय प्रशासनको कडाई: बिहान ११ बजेदेखी साँझ ७ बजेसम्म मात्र पसल खोल्न पाउने
बुटवल । पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमितको संख्या बृद्धि भएपछि स्थानीय प्रशासनले कडाई गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जिल्लामा ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा समुदायस्तरमा समेत कोरोना भाइरसको संक्रमण फैलिन नदिन सो निर्णय गर्नुपरेको जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतसँग प्रत्यक्ष सीमाना जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आवतजावत पूर्णतया रोक लगाउने र बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर आदि कार्य बन्द गराउने निर्णय भएको बताए ।
यस्तै बैठकले रुपन्देहीमा साप्ताहिक रुपमा लाग्ने हाटबजार सञ्चालन नगर्न स्थानीय पालिकालाई अनुरोध गर्ने, बढी भिडभाड हुने प्रकृतिका कार्यालयहरु र अन्तराष्ट्रिय सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएकाको पिसीआर परीक्षणका लागि आवश्यक सामाग्री उपलब्ध गराउन केन्द्रीय संकट व्यवस्थापन केन्द्रसँग अनुरोध गर्ने जस्ता निर्णय पनि गरेको जनाएको छ । आज मात्रै रुपन्देहीमा १५ जनामा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु