शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिसिएमसीको बैठक : भारतबाट नेपाल प्रवेशमा कडाई, अस्पतालमा बेड थप्ने

आइतबार, २५ साउन २०७७, २१ : ३६
आइतबार, २५ साउन २०७७

कोभिड नाइन्टिन क्राइसिस सेन्टर सिसिएमसीले सिमानामा कडाई गर्न र अस्पतालमा बेड थप्न सरकारलाई सिफारिस गर्ने भएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको सिसिएमसीको आइतबार साँझ बसेको बैठकले कोरोना भाइरसको संक्रमण र मृत्युदर बढिरहेका बेला अस्पतालहरु थप गर्ने, क्वारेन्टाइन स्थलहरुको थप गर्नेबारेमा छलफल गरेको प्रवक्ता महेन्द्र गुरागाईले रातोपाटीलाई जानकारी दिए ।  

बैठकले भारतबाट नेपालमा आउनेलाई थप कडाई गर्न सरकारलाई सिफासिर गर्ने, भदौं १ गतेबाट लामो दुरीको बस सेवा र हवाई यातायात पछि सार्नेबारे मन्त्रीपरिषदको बैठकबाट निर्णय भएकोले मन्त्रीपरिषदको बैठकबाटै पछि सार्न प्रस्ताव गर्नेबारेमा छलफल भएको हो । 

उनले भने–‘अहिले कोभिडको संक्रमणदर बढिरहेको छ, थप अस्पताल र ति अस्पतालहरुमा बेड थप गर्न स्वास्थ्य मन्त्रालयले प्रवन्ध गर्नेबारे छलफल भएको छ । भारतबाट संक्रमित भित्रिदा तराईका जिल्लामा बढ्यो, त्यहाँबाट उपत्यकामा संक्रमण भित्रियो । भारतबाट आउनेलाई सिमानामै क्वारेन्टाइनमा राख्नेबारे छलफल भएको छ ।’

पहिले स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएपनि यात्रामा जोखिम बढ्ने भएकोले सिमानामै क्वारेन्टाइनमा राखेर मात्र पठाउने बारे निर्णय गर्न सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप