शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको दोस्रो दिन रौतहटका बजारहरु सुनसान

आइतबार, २५ साउन २०७७, २० : ५२
आइतबार, २५ साउन २०७७

रौतहट । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको दोस्रो दिन पनि  रौतहटका बजारहरु सुनसान  देखिएको छ । कोरोना भाईरस समुदायमा गएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर,चन्द्रपुर,गरुडा,कटहरिया लगायत सबै बजारहरु बिहानै देखि बन्द रहेको छ । 

औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसल बन्द रहेको प्रहरीले जनाएको छ । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न , र अत्यावश्यक सवारी साधन , पास लिएका गाडी चलिरहेको अन्यलाई फर्काईएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । 

समुदाय भित्र कोरोना भाईरसको संक्रमित भेटिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारिगर्दै हिजो२४ गते सनिवार देखि अगामी २९ गते सम्म  निषेधाज्ञाको निर्देशन दिएका छन् ।

 निषेधाज्ञालाई पूर्ण प्रभावकारी बनाउन नेपाल  प्रहरीका साथै सशस्त्र र नेपाली सेना समेत परिचालन गरिएको छ । रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले निषेधाज्ञा पुर्णरुपमा सफल बनाउन नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाको संयुक्त टोलि जिल्ला को मुख्य स्थानहरुमा परिचालन गरिएको बताए । 

साथै ग्रसित बजार तथा गाउँ गाउँमा निषेधाज्ञा सफल बनाउन मातहतका सबै प्रहरी युनिटहरुलाई कडाइका साथ निर्देशन दिएको एसपी खड्काले जानकारी दिए । साथै निषेधाज्ञा उलंघन गर्नेलाई संक्रामक रोगएन २०२० अनुसार कार्वाही गरिने एसपी खड्काले जानकारी दिए । 

निषेधाज्ञा उलंघन गरेको आरोपमा सनिवार एकसय भन्दा बढी मानिस र सैयौ सवारी साधन प्रहरीले नियन्त्रणमा  लिएको छ । नियन्त्रणमा लिएको मानिसलाई एन अनुसार कार्वाही गरेर पठाएको तथा सवारीसाधन निषेधाज्ञा अवधी पछि छोडिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप