शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना देखियो

आइतबार, २५ साउन २०७७, २० : ०९
आइतबार, २५ साउन २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षक (पीएसो) लाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ । 

शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएको पौडेलको सचिवालयले जनाएको छ । 

यस्तै केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बाहिरी घेरामा सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप