शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको प्रस्टीकरण : गौतम बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन

आइतबार, २५ साउन २०७७, १९ : ३७
आइतबार, २५ साउन २०७७

काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ । आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।


शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई 'महान् भारतीय' भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ ।


जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको विदेश मन्त्रालयले बताएको छ । 

यता आइबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप