बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद छ : परराष्ट्र मन्त्रालय
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको हो ।
‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो,’विज्ञप्तिमा भनिएको छ ।
'२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेको विज्ञप्तिमा उल्लेख छ ।
‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो। बुद्धको जन्मभूमि बुद्धिज्मको उद्गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको भन्दै बुद्धको जन्मस्थलबारे विवाद गरिरहनुनपर्ने बताएको छ । ‘यो कुरा शंका र विवादभन्दा पर छ। त्यसैले यो बहसको विषय हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यस विषयमा जानकार छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा जयशंकरले ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुईजनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छन्,’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध