शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुटकेशमा तारको आकार बनाएर ‘सुन’ तस्करी, चारजना पक्राउ

आइतबार, २५ साउन २०७७, १९ : १०
आइतबार, २५ साउन २०७७

काठमाडौँ । सुटकेशभित्र प्रयोग हुने तारको आकार बनाएर सुन तस्करी हुन थालेको छ । आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । 

शंकास्पद रुपमा सुटकेशमा फेला परेको १ किलो ७ सय ग्राम  ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले रातोपाटीलाई जानकारी दिए । 

विमानस्थल भन्सारले अवैध रुपमा ‘सुन’ लिएर आउने सिता स्याङतान, धन बहादुर विक र दोलखा घर भएका दुईजना सेनाम लामालाई पक्रेको छ । 

‘सुन परीक्षण गर्न पठाएका छौं, बाहिर सेतो लेपन गरिएको छ’ केसीले भने, ‘परीक्षणपछि मात्रै सुन हो–होइन भन्ने थाहा हुन्छ ।’ 

सुटकेशमा सुन लिएर आउनेहरु दुवईबाट काठमाडौं आएका हुन् । विमानस्थलको एक्सरेले मेसिनले संकेत गरेपछि भन्सारका अधिकारीले उनीहरुको लगेज पुनः चेकजाँच गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप