मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा डब्लुएचओका प्रतिनिधिसहित १ सय १० जनामा कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७, १८ : ५९
आइतबार, २५ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ मा डब्लुएचओका एक प्रतिनिधिसहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डब्लुएचओका एक प्रतिनिधि र मुख्यमन्त्री कार्यालयका ६ जनासहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट आएका रिपोर्टअनुसार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । यस प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना पुगेको छ । 

आईतबार सबैभन्दा बढी धनुषामा ३९, बारामा २३, महोत्तरीमा २१, सप्तरीमा १२, पर्सामा ५, रौतहटमा ४, सर्लाही र सिरहामा ३÷३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  धनुषाको जकपुरधाम उपमहानगरपालिकाकामा ९ जना, जनकपुरधाममै डब्लु एचओका १ जना प्रतिनिधि, मुख्यमन्त्री कार्यालयका ६ जना, धनौजी गाउँपालिकाका १२ जना, प्रादेशिक अस्पताल जनकपुरधामका ६ जना, बनिनियाँका २ जना, धनुषाधाम नगरपालिकाका १ जना र ठाउँ खुल्न नसकेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा १, मुख्यमन्त्री कार्यालयमा कार्यरत महोत्तरीको मटिहानी नगरपालिकाका १, औरही नगरपालिकाका ९, सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल औरही नगरपालिकामा बस्दै आएका १, कजरा रमौलका १, रामगोपालपुर नगरपालिकाका ४, बर्दिबास नगरपालिकाका १, अन्केरका १, सीतापुर घर भई प्रादेशिक अस्पतालमा रहेको १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सप्तरीको बोदे बसाईन नगरपालिकाका १, खडक नगरपालिकाका ४ र राजविराज नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।  त्यसैगरी पर्साको वीरगंज महानगरपालिकाका २ र ठाउँ खुल्न नसकेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता, रौतहटमा मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका बौधिमाई नगरपालिकाका १, कटहरिया नगरपालिकाका १, गुजरा नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यस्तै सिरहाको चोहर्वाका १, लहान नगरपालिकाका १ र ठाउँ खुल्न नसकेका १ जना, सर्लाहीको बसन्तपुरका १ जना, सोहनपुरका १  र ठाउँ खुल्न नसकेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।  पछिल्लो २४ घण्टामा यस प्रदेशमा ३ महिलासहित २३ जना निको भएर आफ्नो घर फर्केका छन् । 

प्रदेशमा निको हुनेको संख्या ३ हजार ३ सय ५७ पुगेको छ भने २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप