शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

आइतबार, २५ साउन २०७७, १८ : २१
आइतबार, २५ साउन २०७७

काठमाडौँ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् । 

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।

दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ । 

त्यस्तै राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप