बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराका मेयरलाई जनताको प्रश्न- १३ करोड खै ?

आइतबार, २५ साउन २०७७, १७ : ४३
आइतबार, २५ साउन २०७७

पोखरा । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको तथ्य प्रकाशमा आएको हो । 

आईतबार पोखराका केही युवाले मेयर मानबहादुर जिसीसँग १३ करोडको हिसाब मागेका छन् । हिसाब माग्न पोखरा महानगरपालिका पुगेको युवाहरुसँग मेयर जिसीले १३ करोड नभएर पौने दुई करोडमात्र हिसाब नदेखिएको बताएका छन् । मेयर जिसीकाअनुसार करिब १२ करोड रुपैयाँ बराबरको चेक ठेकेदारहरुले नसाटेका कारण हराएकोजस्तो मात्र देखिएको हो । करिब एक करोड ७३ लाखको भने हिसाब गडबड भएको मेयर जिसीले स्वीकार गरेका छन् ।

पौने दुई करोडको हिसाब खोज्ने काम तत्काल गरिने प्रतिबद्धता उनले युवामाझ गरेका छन् । आगामी २५ दिनभित्र पौने दुई करोड रुपैयाँको हिसाब दिने मेयर जिसीले बताएका छन् ।

रकमको हिसाब हिनामिनामा जो कोहीको संलग्नता भए पनि कारबाही गरिने मेयर जिसीले बताए । पौने दुई करोडको हिसाब नमिलेको मेयर जिसीले नै स्वीकार गरेका कारण पनि महानगरमा आर्थिक हिनामिना भएको तथ्यलाई पुष्टि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप