बैंकहरुमा फेरि ‘वर्क फ्रम होम’ लागू (राष्ट्र बैंकको परिपत्रसहित)
काठमाडौं । फैलँदो कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा फेरि सुरु भएको छ । उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बैंकिङ क्षेत्रका कर्मचारीमा समेत त्यस्तो संक्रमण देखिन थालेपछि यो क्षेत्र फेरि प्रभावित हुन लागेको हो । आइतबारमात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो । सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागु गरेको लबडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनिएको छ ।
राष्ट्र बैंकले प्रदेश सरकार, स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई समेत ध्यानमा राखेर आलोपालो गरी बैंक तथा वित्तीय सेवा सुचारु गर्न समेत बैंकहरुलाई भनेको छ । साथै यो समयमा विद्युतीय कारोबारहरुलाई थप प्रोत्साहित गर्दै जान समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत