शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्दै

आइतबार, २५ साउन २०७७, १६ : ४९
आइतबार, २५ साउन २०७७

गुल्मी । गुल्मीमा ३ दिनयता कोरोना संक्रमितको संख्या बढेको छैन । जिल्लामा हालसम्म ३ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ । त्यसमध्ये ३ सय ५९ जना कोरोना जितेर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । बाँकी ६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत पशुपति आचार्यका अनुसार हाल रुरु गाउँपालिकामा एक जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा एक जनासहित जिल्लाभर जम्मा ६ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । संक्रमित ६ जनाकै उपचार भइरहेको छ ।

पछिल्लो चरण ११ जनाको स्वाब परीक्षण गराईएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवनीप्रसाद शर्माले बताए । जिल्लामा कोरोना सक्रमण शुन्यतर्फ झर्दै गएको भन्दै उनले यो अवस्था गुल्मी जिल्लाका लागि सुखद् पक्ष भएको बताए ।

शर्माका अनुसार जिल्लामा पाइएका ३६८ संक्रमितमध्ये जम्मा ६ जनामात्र स्थानीयस्तरमै संक्रमित भएका हुन् । संक्रमितमध्ये अधिकांश भारत र तेश्रो मुलुकबाट आएकाहरु नै छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएका तीन जनामा पनि अन्य रोगसमेत रहेको उनको भनाइ छ । सुरुमा मृत्यु भएका मदाने गाउँपालिकाका शिक्षकमा मुटु रोग र जन्डिस थियो भने धुर्कोट गाउँपालिकाका मृतक पुरुष क्यान्सरका बिरामी थिए । यस्तै छत्रकोटकोट गाउँपालिकाका अर्का पुरुषमा पक्षघात थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप