अफगानिस्तानको घाज्नीमा बम हमला, ७ जनाको मृत्यु
घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७:४५ बजे बिस्फोट गराएका थिए ।
प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिए । प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरुको त्यो प्रयास सफल हुन नपाएको बताए ।
उक्त आक्रमणको घटना ४०० जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ । लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ ।
घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार १०० लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् ।
सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर-अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ । यसैबीच, लोया जिर्गाले अफगानी जेलमा बन्दी ४०० लडाकूलाई मुक्त गर्न सिफारिस गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु