शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली राजमार्ग पुनः अवरुद्ध

आइतबार, २५ साउन २०७७, १५ : ५३
आइतबार, २५ साउन २०७७

जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग  अवरुद्ध भएको हो ।

दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । “शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।” त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप