शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेवान्डोस्कीले तोड्लान् रोनाल्डोको कीर्तिमान ?

आइतबार, २५ साउन २०७७, १५ : २९
आइतबार, २५ साउन २०७७

यो सिजन रोबर्ट लेवान्डोस्कीलाई निकै सफल साबित हुँदैछ । तर, शनिबार मात्र बायर्न म्युनिखलाई च्याम्पिन्यस लिगको क्वार्टरफाइनलमा पु-याएका लेवान्डोस्कीले आफूले क्रिस्टियानो रोनाल्डोको कीर्तिमानलाई तोड्नेबारे नसोचेको बताएका छन् ।

३१ वर्षीया पोल्याण्डका स्ट्राइकरको दुई गोलको मद्दतले जर्मन च्याम्पियनले चेल्सीलाई ४–१ गोलले हरायो । योसँगै यो सिजन च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १३ गोल पुगिसकेको छ । सन् २०१३–१४ सिजनमा रोनाल्डोले रियल म्याड्रिडका लागि बनाएको १७ गोलको कीर्तिमानभन्दा मात्र चार गोलले टाढा रहेका छन् ।

यदी बायर्न लिजबनमा हुने फाइनलसम्ममा पुग्ने हो भने लेवान्डोस्कीलाई उक्त कीर्तिमान भंग गर्न अझै तीन खेल मिल्नेछ । ‘यो गोल सबै मेरो होइन,’ रोनाल्डोको कीर्तिमानबारे सोधिएको प्रश्नमा उनले भने, ‘अब नकआउट चरणमा केही खेलहरु बाँकी रहेका छन् । म गोल गर्नमा नै खुसी छु ।’

एक सिजनमा गरेको सबैभन्दा धेरै गोलको रोनाल्डोको कीर्तिमानभन्दा लेवान्डोस्की नजिक भए पनि प्रतियोगितामा सबैभन्दा धेरै गोलको कीर्तिमानभन्दा भने उनी धेरै टाढा छन् । पोर्चुगिज फरवार्डले हालसम्म च्याम्पियन्स लिगमा १३० गोल गरेका छन् जुन लेवान्डोस्कीभन्दा ६४ गोलले बढी हो । लेवान्डोस्कीले हालसम्म प्रतियोगितामा ६६ गोल गरेका छन् र उनी यो सूचीमा चौथो स्थानमा रहेका छन् ।

यदी यो कीर्तिमान भंग गर्ने हो भने उनले आगामी चार सीजनमा कम्तिमा १६ गोल गर्नुपर्नेछ त्यो पनि रोनाल्डोले थप गोल गर्न नसकेको खण्डमा । यो सिजन लेवान्डोस्कीले सबै प्रतियोगितामा ५३ गोल गरेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप