कोरोनामुक्त जिल्ला बन्यो ओखलढुंगा
ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।
गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका सिद्धिचरण नगरपालिकाका कोरोना संक्रमित एक युवकसहित ३० जनाको परीक्षण रिपोर्ट आइतबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जनकारी दिए ।
गत साउनको पहिलो साता साउदीबाट नेपाल आएका ती युवामा कोरोना पोजेटिभ देखिएपछि ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा राखेर उपचार सुरु गरिएको थियो । उनको दोस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनाको शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य प्रमुख तिवारीले बताए ।
उनीसंगै जिल्लाका बिभिन्न स्थानिय तहका क्वारेन्टीनबाट स्वाब संकलन गरेर पठाइएका अन्य २९ जनको पनि रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत अन्य तेस्रो मुलुक तथा कोरोनाको संक्रमणस्थलबाट आएका ती नागरिकको समेत स्वाब परीक्षणका लागी कोरोना परिक्षण प्रयोगशाल धुलीखेलमा पठाईएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यो संँै जिल्लामा कोरोना परिक्षण गराउनेको संख्या ७ सय ३३ पुगेको छ । जसमा १५ भारतीय नागरिक सहित २२ जनामा कोरोना पोजेटिभ देखिएकोमा उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लामा आरडीटी गराउनेको संख्या भने ६ सय २ पुगेको छ । अहिले पीसीआर परिक्षणको दायरा बढेसंगै आरडीटी परीक्षण रोकिएको छ। यसैबिच भारतलगायत अन्य मुलुकबाट आएका तथा कोरोना संक्रमित स्थानबाट आएका १ सय ३ जनाको सोमबार थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा