शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्युजिक भिडियो अभिनयमार्फत गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर

आइतबार, २५ साउन २०७७, १५ : १०
आइतबार, २५ साउन २०७७

काठमाडौं । लोकदोहोरी गीतका मोडल तथा निर्देशक शंकर बिसी अहिले गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियो अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डस् बनाउन जुटेका हुन् ।

विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको बुझाई रहेको छ । रेकर्डका लागि उनले सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन समेत दिएका थिए । कहिलेकाँही दैनिक ४ भिडियोसमेत अभिनय गरेका शंकरले साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।

कोरोना महामारीका कारण अहिले सो प्रक्रियामा सुस्तता छाएको शंकरले बताए । उनले भने,  ‘रेकर्डका लागि अहिले गीत गन्ने काम भइरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप