सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च
आइतबार, २५ साउन २०७७, १४ : ४३
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर आइतबार सुनको मूल्य घटेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य तोलामा हालसम्मकै उच्च बनेको छ । आइतबार चादी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा