कोरोना संक्रमित भेटिएपछि सुनसान बन्यो असन क्षेत्र, तस्बिरमा हेर्नुहोस्
आइतबार, २५ साउन २०७७, १३ : ४६

काठमाडौँ । राजधानी उपत्यकामा केही दिनयता कोरोनाभाइरसको संक्रमणको जोखिम बढेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । काठमाडौँ कोरोना संक्रमणको हटस्पट त बन्ने होइन भन्ने त्रास बढेको छ ।
राजधानीको व्यस्त व्यावसायिक क्षेत्र मानिने असनक्षेत्रमा पनि कोरोनाभाइरसका संक्रमितहरु भेटिएका छन् । संक्रमण फैलिन नदिन अहिले सो क्षेत्रका पसलहरु बन्द गरिएका छन् । त्यस्तै संक्रमितको संक्रमणमा आएकाहरुको पहिचान तथा संक्रमित पत्ता लगाउन स्वास्थ्य परीक्षण पनि गरिदैछ । सो क्षेत्र साउन ३२ गतेसम्म बन्द गरिने सूचना टाँसिएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पछिल्लो समय पूरै क्षेत्रलाई लकडाउनको साटो सम्बन्धित क्षेत्र ‘सटडाउन’ गरेर परीक्षणको दायरा बढाउने रणनीति अख्तियार गरेको छ ।
हेरौँ केही तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक