नयाँ फर्म दर्ताको काम बन्द, नवीकरण दैनिक २० वटा मात्रै
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सेवालाई आंशिक रुपमा बन्द गरेको छ । संक्रमणको जोखिम बढेसँगै विभागले नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता कार्यहरु, अत्यावश्यकबाहेक अन्य व्यापारमूलक प्रकृतिका फर्मको इजाजत दिने कार्यहरु बन्द गरेको हो । आइतबारदेखि लागु भएको सो नियम आगामी भदौ ८ गतेसम्म जारी रहनेछ ।
नयाँ इजाजत तथा दर्ता बन्द गरे पनि विभागले दैनिक २० वटाको दरले नवीकरण, संशोधन तथा खारेजीको काम भने गर्नसक्ने जनाएको छ । ती सेवाहरुका लागि सुरुमा अनलाइनबाटै निवेदन दिनुपर्ने र अनलाइनबाट पेश भएको निवेदन स्वीकृत भएपछि मात्रै कार्यालयमा आउनुपर्ने विभागले स्पष्ठ पारको छ । विभागले एजेन्सीहरुको नवीकरण कार्यालाई पनि आंशिक सञ्चालनको सूचीमै राखेको छ ।
यद्यपि बजार अनुगमन, आयात निर्यात अनुमति इजाजतपत्रसम्बन्धि कार्य तथा मुद्दासम्बन्धी सेवाहरु भने नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।
विभागमा प्रवक्ता रबीन्द्र आचार्यले भौतिक रुपमा उपस्थित भएरै गर्नुपर्ने र धेरै समय लाग्ने कार्यलाई स्थगित गरेर अत्यावश्यक कार्यालय सूचारु गर्नेगरी व्यवस्थापन सेवालाई आंशिक रुपमा स्थगित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ