आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि काँग्रेसले उठायो ४ प्रश्न

आइतबार, २५ साउन २०७७, १० : १२
आइतबार, २५ साउन २०७७

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रश्न उठाएको छ ।

माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

 

शर्माले आफ्नो ट्विटमा  ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?  द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?

कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् ।  ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?, 

शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?
 
प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप