बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७, १० : ०१
आइतबार, २५ साउन २०७७

बुटवल – प्रदेश ५ की सांसद कृष्णा केसीलाई (नमुना ) कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएको छन् ।

उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

यता, लुम्बिनी प्रादेशिक अस्पतालले समुदायस्तरमा गरेको परीक्षणका क्रममा ४ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत बुधबार अस्पतालले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, दलका स्थानीय नेता, व्यवसायी, सर्वसाधारण र फिभर क्लिनिकमा आएका गरी २ सय ३८ जनाको स्वाब संकलन गरेको अस्पतालले जनाएको छ ।

त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी, बुटवल १३ का नेकपाका स्थानीय नेता, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् र भैरहवाका एकजना व्यक्ति हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप