पाँचथरमा एक हजार बढीको पिसीआर परीक्षण
जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरसलाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जनप्रतिनिधिले विशेष भूमिका खेलेपछि सङ्क्रमणको सम्भावना उच्च नरहे पनि यहाँ ठूलो सङ्ख्यामा पिसीआर परीक्षण गरिएको हो । यहाँ अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित केही जनप्रतिनिधिको समेत पिसीआर परीक्षण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पिसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो सङ्ख्यामा परीक्षण शुरु भएको थियो ।
यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकामा पछिल्लोपटक जिल्लास्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका हुन् । जिल्लाका फालेलुङ, याङवरक, फिदिमलगायत स्थानीय तहले स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका छन् ।
जिल्लामा पाँच जनामा कोभिड–१९ पुष्टि भएको थियो र उनीहरु सबै सरकारी उद्धारमा विभिन्न मुलुकबाट फर्केकाहरु थिए । यहाँका पाँचथर क्याम्पस क्वारेन्टिन र फिदिम मावि क्वारेन्टिनमा गरी चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुमध्ये केही विदेशबाट फर्केका तथा केही सङ्क्रमितको सम्पर्कमा पुगेको आशङ्का गरिएका व्यक्तिहरु छन् । क्वारेन्टिनमा रहेकालाई सरकारी मापदण्डअनुसार क्वारेन्टिनमा राखी स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै