भारतः कोरोना केयर सेन्टरको रुपमा प्रयोग हुँदै आएको होटलमा आगलागी, सातको मृत्यु
भारतको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस नामको एक होटलमाा अगलागी भएको छ ।
कोभिड संक्रमितहरुलाई राख्नका लागि एक नीजि अस्पतालले यो होटलको प्रयोग केयर सेन्टरको रुपमा गर्दै आएको थियो ।
आन्ध्र प्रदेशको गृहराज्य मन्त्री मेकाथोटी सुचरिताले आगो बिजुलीको तार सर्ट भएका कारण लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यस्तै आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजीव कृष्णाले ट्वीट गर्दै मुख्यमन्त्रीले दुर्घटनामा प्रभावित व्यक्तिहरुको उपचारका लागि उनीहरुको मद्दत गर्ने आश्वासन दिएको जानकारी दिए ।
विजयवाडा प्रहरी कमिश्नरले दुर्घटनामा हालसम्म सातजनाको मृत्यु भएको जानकारी दिएका छन् ।
विजयवाडा प्रहरी विभागले आगलागीका बेला होटलमा करिब ५० जना रहेको बताएको छ ।
आगोबाट बच्नका लागि चारजना अस्पताल भवनबाट हाम फालेको बताइएको छ । यद्यपि, यी चारजनाको अहिलेसम्म पनि जानकारी पाउन सकिएको छैन ।
बीबीसीका अनुसार घाइतेलाई नजिकैको रमेश अस्पताल लगिाएको छ ।
केही दिन अघि रमेश अस्पतालले नै कोरोना संक्रमितको उपचारका लागि होटललाई भाडामा लिएको थियो ।
आन्ध्र प्रदेश सरकारले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)