युभेन्टसबाट सारी हटाइए, पिर्लो नियुक्त
आइतबार, २५ साउन २०७७, ०९ : १६
माउरिजियो सारीको स्थानमा युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । एक हप्ताअघि पनि युभेले पिर्लोलाई अन्डर २३ टोलीको म्यानेजर नियुक्त गरेको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ मा शुक्रबार लियोनसँग पारजित हुँदै युभेन्टस बाहिरिएपछि सारीलाई एक सिजनपछि पनि बर्खास्त गरेको थियो ।
यता, पिर्लोले सन् २०२२ को जुनसम्मका लागि करारमा हस्ताक्षर गरेका छन् । पूर्व मिडफिल्डर गत जुलाई ३० मात्र मात्र टोलीका अन्डर २३ म्यानेजर नियुक्त भएका थिए ।
पिर्लोले युभेका लागि सन् २०११ र २०१५ को बीचमा १६४ खेल खेलेका थिए । यस क्रममा उनले चारवटा लिग उपाधि जितेका थिए । इटालीका लागि ११६ खेल खेलेका उनले टोलीलाई सन् २००६ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेक ाथिए । उनले सन् २०१७ मा खेलबाट सन्यास लिएका थिए ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत