प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ
नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन ।
बीचमा केही समय हराएका उनी, केही समय अघि मात्रै टिभीमा देखिन थालेका हुन् ।
उनको कार्यक्रमले राम्रै चर्चा बटुलिरहेको छ । तर पछिल्लो समय भने प्रकाशले निकै विवादास्पद बयान दिन थालेका छन् जसले धेरैलाई बिझाएको छ ।
यसको पछिल्लो उदाहरण नायिका ऋचा शर्मा बनेकी छिन् । उनले प्रकाशको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी छिन् । यद्यपि, ऋचाले प्रकाशको नाम कहिँ कतै लिएकी भने छैनन् ।
उनले प्रकाशमाथि कटाक्ष गर्दै भनेकी छिन्, ‘जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ ।’
ऋचाले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमा स्टेटस लेखेर तिखो जवाफ फर्काएकी छिन् । जसमा उनले भनेकी छिन्, ‘ “त दारे छस्,
त काली छस् , भ्यात्त परेकी परेकी छस्
यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यकर्म प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?
एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु।’
यस्तै उनी थप्छिन्, ‘ जब(जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला(ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस। कसैले हिन्दीमा तपाईलाई उखान सुनाएमा, अंग्रेजीमा, 'I am unapologetically owning myself, can you kindly shut up?' भनिदिनुहोस।’
यस्तै, ऋचाले आफूहरु परिश्रम र क्षमताले कलाकार भएको र कसैले पनि आफूहरुलाई महानायिका बनाउन नपरेको पनि स्पष्ट पारेकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन। कठै हाम्रो समाज र ती अग्रज भनाउदाहरु, त्यों भन्दा कठै उनिहरु को सोच । तर अब ती कठैका सोच बिच म कठैबरा बन्दिन। एक दशक देखि यस क्षेत्रमा रहिरहेको म र मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यस पछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ।’
उनले प्रकाश सुवेदीको नाम नलिएपनि कार्यक्रमको भने नाम लिँदै भनेकी छिन्, ‘मैले बुझेको रजतपटको अर्थ ( चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुँदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ ।’
खासमा, प्रकाशको पछिल्लो कटाक्ष नायिका पूजा शर्मातर्फ इंगित छ । कार्यक्रमको सुरुवातमा नै प्रकाशले बलिउड नायिकाको उदाहरण दिँदै उनीमाथि तथानाम भनेका छन् । उनले टिकटक पुस्ताको हावी भएको भन्दै कसैले पनि घमन्ड गर्न नमिल्ने बताएका छन् । उनले भनेका छन्, ‘अन्तरवार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले चाहिँ लिएको अन्तरवार्ता एडिट गरिदिनु पर्ने, त्यो पनि मिलाई मिलाई ।’
पूजालाई लक्षित गर्दै उनले भने, ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ?’
प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका शर्माले पनि स्टेटस लेखेर आफ्नो आक्रोश पोखिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण