शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

आइतबार, २५ साउन २०७७, ०८ : ३१
आइतबार, २५ साउन २०७७

पोखरा – पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । 

पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । 

गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति अन्दाजी ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरे । उनका अनुसार मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप