खोकनाको खुर्सानी
आइतबार, २५ साउन २०७७, ०७ : ३६
ललितपुरको खोकनाका घरहरु कुनै बेला श्रावण महिनाभरी खुर्सानीले राताम्य हुन्थे । तर अहिले बिरलै घरहरु मा खुर्सानी झुन्डिएको देखिन्छ । हरेक वर्ष वसन्त पञ्चमीपछि खुर्सानीको बाली लगाएर श्रावणको पहिलो हप्ता खुर्सानी टिपेर त्यसलाई परालमा उनेर घर–घरको झ्यालहरुमा ६ दिनसम्म झुन्डाइन्छ । यसरी खुकाऐका खुर्सानीलाई बीउ राख्ने र खानका लागि पनि प्रयोग गरिन्छ ।
नेवार समुदायका कलात्मक झ्यालहरुमा खुर्सानीहरु सारा खोकनालाई एउटै रङमा रङ्ग्याउँथ्यो । तर, अहिले खोकनामा त्यस्ता कलात्मक घरहरु थोरै मात्र छन् । भूकम्पका कारण घरहरु भत्किएपछि नयाँ शैलीमा घरहरु बन्न थालेका छन् । जसका कारण यो खुर्सानी झुन्डाउने परम्परा लोप हुँदै गएको छ ।
तस्बिर : सुवास श्रेष्ठ, रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली
-
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
-
टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति