भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ ।
उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको अस्पताल श्रोतलाई उदृत गर्दै दैनिक भास्करले जनाएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम