बेरूत विस्फोटमा मृत्यु भएका १५४ मध्ये ४३ सिरियाली नागरिक
एजेन्सी । लेबनानको राजधानी बेरूत शहरमा गत मङ्गलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ । दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका हुन् वा विस्फोटपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूमा आफ्ना नागरिकहरू परेको भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन ।
विज्ञप्तिमा भनिएको छ, “विस्फोटमा परी मृत्यु हुने सिरियालीको सङ्ख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ । यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन् । तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन् ।”
दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानूनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै वेपत्ता रहेको बताएको छ ।
घटनास्थलमा उपलब्ध एएफपीका प्रतिनिधिहरुका अनुसार विस्फोटमा परी मृत्यु भएका सिरियालीहरू बन्दरगाह शहरमा सामान लिएर प्रवेश गरेको पानीजहाजका चालक दलका सदस्य रहेको बताइएको छ । सिरियाली द्वन्द्वका कारण लेबनानमा करिब १५ लाख सिरियाली आप्रबासी तथा शरणार्थीहरू रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।
विस्फोटमा परी मृत्यु भएका १५४मध्ये २५ जनाको अझै सनाखत हुन सकेको छैन भने ६० जनाभन्दा बढी अझै हराइरहेको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार बेरूतमा भएको विस्फोटमा कम्तीमा पाँच हजार व्यक्ति घाइते भएका थिए । उनीहरूमध्ये १२० जनाको स्वास्थ्य अवस्था चोटका कारण गम्भीर रहेको र सबैको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै
-
हेटौंडाका कृषकलाई कृषि एम्बुलेन्स