शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा

शनिबार, २४ साउन २०७७, २२ : ३०
शनिबार, २४ साउन २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए ।

उनले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उनले बताए । जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो । 

उनले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप