बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित जेलरको स्वास्थ्य अवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु

शनिबार, २४ साउन २०७७, २० : ५५
शनिबार, २४ साउन २०७७

वीरगञ्ज । वीरगञ्ज कारागारका कोरोना संक्रमित जेलर श्रवणकुमार पोखरेलको स्वास्थ्यअवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । 

कारागारमै आइसोलेसन स्थापना गरेर चिकित्सकको हेरचाहमा उपचार गराइरहेका पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयरमा भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएपछि पोखरेललाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । तीन दिन अघि पोखरेलले आफूमा कुनै पनि लक्षण नरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमै संक्रमणको पुष्टि भएको जनाएका थिए ।  

कारागारका कैदी बन्दीमा संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा पोखरेलमा पनि संक्रमण पुष्टि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप