बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लहानस्थित ग्लोबल आईएमई बैंकका कर्मचारीमा कारोना सक्रमण, बैंक शिल गर्ने तयारी

शनिबार, २४ साउन २०७७, २० : १०
शनिबार, २४ साउन २०७७

लहान  । लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना भाईरसको सक्रमण भेटिएको छ । 

स्थायी घर महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना  सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ । 

 जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेब यादवका अनुसार केही दिन अगाडि बिरामी परेर  प्रादेशिक अस्पताल जनकपुरमा भर्ना  भएका थिए ।

उपचारका क्रममा उनमा कारोना पुष्टि भएको हो ।
ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना सक्रमण भेटिएपछि प्रहरीले बैंकलाई शील गर्ने तयारी  गरेको छ ।

कोरोना सक्रमण जोखिम बढेदेखि सरकारले गरेको लकडाउन देखि लहानका बैंक हरुमा अत्यान्नत भीडभाडमा काम भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप