शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा प्रधानमन्त्री रोजगार कार्यक्रममा कमिसनको खेल

शनिबार, २४ साउन २०७७, २० : ०८
शनिबार, २४ साउन २०७७

लहान । सिरहाको भगवानपुर गाँउपालिकाका वडा नंम्बर ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा कमिसनको खेल भएको रोजगारमा सहभागीहरुले आरोप लगाएका छन् । 

वडाले २० दिनको रोजगार दिने गरी काम लगाएको थियो । रोजगारमा सहभागी हुने व्यक्तिले १२ हजार पाउने भनिए पनि  १० दिन मात्र काम लगाएर  १२ हजार दिने तर त्यसबापतको ६ हजार रुपैया आफूहरुलाई फिर्ता गर्नुपर्ने वडा नंम्बर ५ का कार्यक्रम सुपर भाईजर पवल यादबले दबाब दिएको स्थानीय कामदार युवाहरुले बताएका छन् । 

सरकारले २० दिनको रोजगार दिने भने पनि १० दिनको काम लगाएर १२ हजारम खातामा हालिदिने र त्यस बापत ६ हजार आफुहरुलाई फिर्ता गर्नुपर्छ भनेर बार्गेनिङ  गरेको वडा नम्बर ५ की कर्याही सदायले गुनासो गरिन् ।

वडा नम्बर पाँचकै घुरनी सदायका अनुसार पवन यादवले “रोजगार लगायाँै । हैरानी बेहोर्यौ । चलायौ त्यसको लागि छ हजार हामीलाई दिनुपर्छ” भनेकोले बिहानदेखि त्यही कुरा विवाद भएको छ ।

सदायले भगवानपुर बैंकमा नै आफुहरुलाई दिनुपर्ने पैसा लहान ल्याएर दिनर भोकै बस्नु परेको बताइन् । ।

उनीहरु पुरुषहरु अर्का एक युवा रामसुन्दर सदाय बीच भनाभन बिबाद भइरहेको अबस्थामा भेटिए । लहानस्थित एनआइसी बैंक अगाडि पशुपति आर्दश उच्च माबिको पखाल छेउमा १५ ,२० जनााका समुहमा रहेका महिला पुरुष आफुले काम गरेको पैसाको लागि दिनभरी एनआइसी बैंक अगाडि बसे पनि साँझसम्म पैसा नपाएको बताए । 

उनीहरुले टीडीएस कटाएर ११ हजार ८ सय दिए पनि आधा  पेसा फिर्ता गर्नुपर्ने भनेको गुनासो पोखे । रोजगार दियो भनेर खुशी लागे पनि गरिबलाई नै घोट्न खोजेको देखेर दुख लागेको वडा नंम्बर ५ अर्का युवाले बताए । 

यता भगवानपुर गाँउपालिकाका अध्यक्ष बेचन यादबले यो बिषयमा आफूलाई जानकारी नभएको बताए । आफूसँग गुनासो लिएर कोही नआएको बताए । यादवले घटनाबारे तत्काल छानबीन गर्ने बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादबले पनि घटनाबारे आफूलाई थाहा नभएको सत्य तथ्य बुझने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप