बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको अभियोगमा वडाध्यक्ष जेल चलान

शनिबार, २४ साउन २०७७, १५ : १८
शनिबार, २४ साउन २०७७

काठमाडौँ । बलात्कारको अभियोग लागेका वडाध्यक्ष जेल चलान भएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

शुक्रबार जिल्ला अदालत कालीकोटले  ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले  अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको घिमिरेले बताए ।

वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । वडाध्यक्ष शाहीले ती महिलालाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

ती किशोरीलाई वडाध्यक्ष शाहीले विभिन्न बहानामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकृतले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप