पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ ।
आज बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए ।
‘बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्’, उनले भने, ‘पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।’
पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।
‘दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ’, उनले भने, ‘केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।’
झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । पहिराले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेका छन् ।
‘ठूलाठूला ढुङ्गाहरु पनि पहिरोसँगै खसेको छ, सानो मेसिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन, प्रत्यक्षदर्शी, सुजन लामिछानेले भने, ‘पहिरो करीब बिहान साढे १० बजेतिर खसेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप