रेशम चौधरीलाई रिहा गर्न माग, आन्दोलनका कार्यक्रम सार्वजनिक

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

 कैलाली । टीकापुर घटनाको राजनितिक रुपमा समाधान निकाल्न थरुहट थारुवान मोर्चाहरुले माग गरेका छन् । 
शनिबार कैलालीमा पत्रकार सम्मेलन गर्दै मोर्चाले आफूहरुको माग सुनुवाइ नभए सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले ३ महिना भित्र राज्यले सो घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने चेतावनी दिए । 


टीकापुर प्रकरणमा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र गर्नुपर्ने मोर्चाको माग रहेको उनको भनाइ छ । साथै मोर्चाले यसका लागि संघर्षका कार्यक्रम पनि तय गरेको छ । 
जसअनुसार साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने रहेको छ । 



त्यसैगरी असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ । 



मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र  मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको मोर्चाका संयोजक थारुले बताए ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।