केन्द्रीय संस्करण
युवा किलियनलाई पत्र

सपना निःशुल्क छ

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

बोन्डीका बालबालिकालाई
इल डि फ्रान्सका बालबालिकाहरुलाई 
ब्यानलुुइसका बालबालिकाहरुलाई 
म एउटा कथा सुनाउन चाहन्छु । 

सायद यसले तपाईंहरुलाई आश्चर्यमा पार्नेछैन कि यो कथा फुटबलबारे हो । मसँग सबै कुरा फुटबलकै हुन्छ । मेरा बाबुलाई सोध्नसक्नुहुन्छ । जब म ३ वर्षको थिएँ, त्यतिबेला वहाँले मेरो जन्मदिनमा खेलौंना ट्रक ल्याइ दिनुभएको थियो, इलेक्ट्रिक मोटरसहितको । बसेर पनि गुडाउन सकिने । यसमा पेडल र सबैकुरा थियो ।

मेरा बाबुुआमाले मलाई मेरो घरदेखि सडक वरपरको फुुटबल मैदानसम्म कुदाउने अनुमति दिनुहुन्थ्यो । म ड्राइभिङ गर्दै टे«निङ जाने वास्तविक फुटबलर थिएँ । मैले मिस गर्ने भनेको स्याम्पु, साबुनलगायतले भरिएको मेरो ब्याग थियो ।

तर म मैदान आउनासाथ ट्रकलाई कुनामा राख्थे र फुटबल खेल्न जान्थेँ । यस्तो राम्रो खेलौना गाडीले मेरा सबै साथीहरुलाई ईष्र्यालु बनाएको थियो । तर, मैले यसबारे कहिल्यै चासो दिइँन ।

मलाई केवल बल चाहिएको थियो । मेरा लागि बल नै सबै कुरा थियो ।

त्यसैले यो एउटा फुटबलबारेको कथा हो । तर यो कथा सुन्नका लागि तपाईंले फुटबललाई माया नै गर्नुपर्छ भन्ने छैन किनकी यो कथा एउटा सपनाबारेको कथा हो । बन्डीमा ब्यानलुईसमा सायद धेरै पैसा थिएन, यो साँचो हो । तर हामी सपना देख्थ्यौँ । किनकी सपना देख्न खासै पैसा चाहिँदैन । यो त निःशुल्क छ ।

हाम्रो छिमेक विभिन्न संस्कृतिको अद्भूत समिश्रणको गमला हो – फ्रेन्च, अफ्रिकन, एशियन, अरब, विश्वका सबै भागको । फ्रान्सबाहिरका मानिसहरुले ब्यानलुुईसको चर्चा सधैँ नकारात्मक रुपमा गर्छन् । यदी तपाई यहाँबाट हुनुहुन्न भने तपाईंले यो ठाउँ कस्तो छ भनेर बुुझ्न सक्नुहुन्न । ‘ठग्स्’ हरु यहाँ नै आविस्कार भएजसरी मानिसहरु कुरा गर्छन् । तर ठगहरु त संसारभर छन् । र, संसारका सबै ठाउँमा संघर्ष गरिरहेका मानिसहरु पनि छन् । वास्तविकता यो हो कि म सानो छदाँ मेरी हजुरआमाका लागि छिमेकका केटाहरुले तरकारी बोकेर ल्याइदिने गरेको मैले देखेको थिएँ । हाम्रो संस्कारको यो पाटो तपाईंले कहिल्यै समाचारमा देख्नुहुन्न । तपाईं सधै खराब कुरा मात्र सुुन्नुहुन्छ ।

बोन्डीमा खासमा त्यस्तो नियम छ, जसलाई सबैले बुझ्छन् । तपाईंले युवा भएपछि यो बुझ्नुहुुन्छ । यदी तपाईं सडकमा हिंड्दै हुनुहुन्छ र त्यहाँ १५ जना मानिसहरु कुनामा उभिएको देख्नुभयो र त्यसमध्ये एकजनालाई मात्रै चिन्नुहुन्छ भने तपाईंसँग या त ईशारामै अभिवादन गरेर हिँडिरहने वा सबै १५ जनासँग हात मिलाउने विकल्प रहन्छ ।

यदी तपाईले चिनेका एक व्यक्तिसँग मात्रै हात मिलाउनुभयो भने बाँकी १४ जनाले तपाईंलाई कहिल्यै बिर्सने छैनन् । उनीहरुले तपाई कस्तो खाले मानिस भनेर बुझ्नेछन् ।


यही नियमले हामी बाँच्छौ । बोन्डीमा तपाईंले फुटबलभन्दा माथि धेरै मुल्यहरु जान्नुहुन्छ । तपाईंले सबैलाई समान व्यवहार गर्न जान्नुहुन्छ किनकी तपाईंहरु सबै एउटै गमलामा हुनुहुन्छ । तपाईंहरु सबैले उस्तै सपना देख्नुहुन्छ ।  म र मेरा साथीहरुले फुटबलर नै बन्ने आशा गरेका थिएनौँ, अपेक्षा गरेका थिएनौँ, योजना बनाएका थिएनौँ । हामीले केवल सपना मात्र देखेका थियौँ ।


यो रमाइलो छ किनकी मैले बोन्डीको यो पक्षलाई आफ्नो पूरा जीवनमा बोकेर हिँडेको छु । गत वर्ष फिफाको उत्कृष्ट अवार्डका सुरु हुनअघि म समारोहस्थल वरपर आफ्ना बाबुुआमासँग घुम्दै थिएँ र मैले कोठा आसपास जोसे माउरिन्होलाई देखेँ । मैले जोसेलाई पहिले पनि भेटेको थिएँ, तर उनी चार वा पाँच अन्य साथीसँग थिए जसलाई म चिन्दिन थिएँ । त्यहाँ मसँग बोन्डीको क्षण थियो । म सोच्दै थिए, ‘म केवल माउरिन्होलाई इशारा गरौँ वा गएर भेटौँ ?

म उनीसामु पुुगेँ र हेल्लो भन्दै हात मिलाएँ, त्यसपछि स्वभाविक रुपमा म उनका साथीहरु बसेको लाइनमा पुगेर हरेकसँग हात मिलाए । यो रमाइलो थियो किनकी उनीहरुको अनुहारले आश्चर्यजनक भाव बोल्दै थियो, जस्तो, ‘वाह, उसले हामीलाई हल्लो भन्दैछ ?’ 

जब हामी हिँड्यौ, तब मेरा बाबु हाँस्नुभयो र वहाँले मलाई भन्नुभयो, ‘यो सबै बोन्डीदेखिकै हो ।’

यही नियमले हामी बाँच्छौ । बोन्डीमा तपाईंले फुटबलभन्दा माथि धेरै मुल्यहरु जान्नुहुन्छ । तपाईंले सबैलाई समान व्यवहार गर्न जान्नुहुन्छ किनकी तपाईंहरु सबै एउटै गमलामा हुनुहुन्छ । तपाईंहरु सबैले उस्तै सपना देख्नुहुन्छ ।  म र मेरा साथीहरुले फुटबलर नै बन्ने आशा गरेका थिएनौँ, अपेक्षा गरेका थिएनौँ, योजना बनाएका थिएनौँ । हामीले केवल सपना मात्र देखेका थियौँ ।

त्यहाँ फरक छ । केही बालबालिकाले आफ्नो बेडरुमको भित्तामा सुपर हिरोको पोस्टर राखेका हुन्छन् । हामीले फुटबलरको पोस्ट राख्यौं । मसँग जिदान र क्रिस्टियानोका धेरै पोस्टरहरु थिए । इमानदार भएर भन्नुपर्दा, जब म वयस्क हुँदै गए, मसँग नेयमारका पनि केही पोस्टर थिए, जसलाई उनी (नेयमार) निकै रमाइलो मान्छन्, तर यो अलग कथा हो ।

कहिलेकाँही मानिसहरुले कसरी हाम्रो छिमेकबाट यति धेरै क्षमतावान्हरु आउँछन् भनेर मलाई सोध्छन् । हुनसक्छ त्यहाँको पानीमै केही विशेष छ, वा हामी बार्सिलोना वा अन्य त्यस्तैगरी फरक तरिकाले ट्रेनिङ गर्छाैँ । तर होइन, यदी तपाईं एएस बोडीमा आउनुभयो भने तपाईंले साधारण पारिवारिक क्लब देख्नुहोला भन्ने मलाई डर छ । केही अपार्टमेन्ट र केही आर्टिफिसियल ग्रास । तर मलाई लाग्छ फुटबल हाम्रा लागि फरक छ, यो महत्त्वपूर्ण छ ।

मलाई याद छ हामीले स्कुलमा प्रतियोगिता खेलेका थियौँ– ६, ७, ८ र ९ कक्षाको र यो हाम्रो लागि विश्वकपजस्तै थियो । हामी २ डलरको प्लास्टिक ट्रफीका लागि प्रतिस्पर्धा गरिरहेका थियौँ, तर हामीले यसलाई जीवन र मरणको सवालजस्तो व्यवहार ग-यौँ ।

र, यो रमाइलो थियो कि हरेक टिममा केटा र केटी हुनुपर्ने नियम छ । दुुग्भार्यवस्, सबै केटीहरुले फुटबल खेल्न चाहदैनथें, त्यसैले हामीले लेनदेन गर्नुपर्थ्यो । मलाई याद छ कि मैले मेरी साथीलाई भनेको थिएँ – यदी उनले मैदानमा आफ्नो सम्पूर्ण ताकत लगाइन् र हामीले कप जित्यौँ भने म उनका लागि नयाँ कलरिङ बुक किनिदिन्छु । मैले उनीसँग भिख मागिरहेको थिएँ ।

तपाईलाई लाग्ला कि मैले बढाई चढाई गरिरहेको छु, तर यो हाम्रा लागि सबैथोक थियो । जस्तो हामी भन्छौं, ‘दिस इज द नियोफ ट्रोइज । वि कान्ट लुज ।’


यदी तिमी असफल नै भयौँ भनेपनि तिमीले सधैँ आफुमाथि विश्वास गर्नुपर्छ । तिमीले ६० गोल मिस गर्नसक्छौं । कसैले वास्ता गर्नेवाला छैन । तर यदी तिमी डराएर खेल्न अस्वीकार ग-यौ भने यसले जीवनभर तिमीलाई पछ्याइरहन सक्छ ।


हामीले २ डलरको यस ट्रफी जुलेस रिमेट ट्रफी भएजसरी खेल्यौँ । मलाई थाहा छ, मेरा शिक्षकहरुलाई केही अफ्टेरो पक्कै थियो । उनीहरुका लागि म साँच्चै क्षमा माग्छु । एक दिन स्कुलको प्रिन्सिपलबाट ९ वटा फरक चेतावनी बोकेर घर फर्किरहेको मलाई सम्झना छ ।

‘किलियान होमवर्क गर्दैन ।’

‘किलियानले आफ्ना पठन–पाठन सामाग्री बिर्सन्छ ।’

‘गणित पढाई भइरहेका बेला किलियान फुटबलको कुरा गर्छ ।’

मेरो दिमाग बादलमा उडिरहेको हुन्थ्यो । म राम्रै खेलाडी थिएँ, तर मेरो टर्निङ प्वाईन्ट त्यतिबेला आयो जतिबेला म ११ वर्षको थिएँ । हामीले एक स्थानीय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनायौँ, र यो खेल गाग्नी रंगशालामा हुँदै थियो, मलाई अझै सम्झना छ त्यो बुधबारको दिन थियो । मैले यस्तो ठूलो रंगशालामा यसअघि यति धेरै मानिससँग कहिल्यै खेलेको थिइनँ । म त्रसित थिएँ । म कुद्न सकिनँ किनकी म तर्सिएको थिएँ । मैले बिरलै बल टच गरें । र, म कहिल्यै बिर्सन्न खेलपछि मेरी आमा मैदानमा आउनुभयो र कान समाउनुभयो । मैले नराम्ररी खेलेका कारण होइन, म तर्सिएका कारण । वहाँले भन्नुभयो, ‘तिमीले यो जीवनभर सम्झनेछौं । यदी तिमी असफल नै भयौँ भनेपनि तिमीले सधैँ आफुमाथि विश्वास गर्नुपर्छ । तिमीले ६० गोल मिस गर्नसक्छौं । कसैले वास्ता गर्नेवाला छैन । तर यदी तिमी डराएर खेल्न अस्वीकार ग-यौ भने यसले जीवनभर तिमीलाई पछ्याइरहन सक्छ ।’

वहाँले ठ्याक्कै यही शब्दहरु भन्नुभएको थियो र यसले मलाई यति परिवर्तन गरायो कि मेरो जीवनभर म कहिल्यै फुटबल मैदानमा डराइनँ । मेरी आमा, मेरा बाबु, मेरो समुदाय र मेरा साथीभाई बिना त्यहाँ कुनै किलियान एमबाप्पे छैन ।

जहाँबाट म छु, यदी तपाई त्यहाँबाट हुनुहुन्न भने तपाईंले यसलाई बुझ्न सक्नुहुन्न । तर, उदाहरणका लागि जब म ११ वर्षको थिएँ, मैले केही दिनका लागि चेल्सीको युवा टोलीसँग अभ्यास गर्न लण्डन जान पाएँ । म यति धेरै उत्सुक र स्तब्ध थिए की मैले आफ्ना छिमेकका साथीभाईलाई समेत कहाँ जाँदैछु भन्न चाहिनँ ।

जब म घर फर्किए, मेरा साथीहरुले सोधे, ‘किलियान पछिल्लो सातो तिमी कहाँ थियौं ?’

मैले भने, ‘म लण्डनमा चेल्सीमा थिएँ ।’

उनीहरुले भने, ‘ होइन, यो असंभव छ ।’

मैले भनें, ‘कसम, मैले ड्रोग्बालाई समेत भेटें ।’

उनीहरुले भने,‘ तिमी झुठ बोल्दैछौ । ड्रोग्बाले बोन्डीका बालकलाई भेट्दैनन् । यो सम्भव छैन ।’

मसँग त्यतिबेला फोन थिएन, त्यसैले मैले मेरा बाबुसँग उनको फोन मागे र हामीले खिचेका फोटोहरु उनीहरुलाई देखाएँ । त्यसपछि बल्ल उनीहरुले मलाई विश्वास गरे र महत्त्वपूर्ण यो थियो कि उनीहरुले डाह गरेनन्, कसैले पनि गरेनन् । उनीहरु केवल चकित भएका थिए । म उनीहरुले भनेका कुरा कहिल्यै बिर्सन्न । म अझै त्यो दिनका दृश्य झल्झली सम्झन्छु किनकी हामी खासमा एएस बोन्डीको चेन्जिङ रुममा खेलका लागि कपडा लगाउँदै थियौँ ।

उनीहरुले भने, ‘किलियान के तिमी हामीलाई त्यहाँ तिमीसँगै लग्नसक्छौं ?’

यो अवस्था म अर्कै ग्रहमा गएजस्तो थियो । मैले भने,‘तर, अब क्याम्प सकियो । आई एम सरी ।’ उनीहरु हाँस्दै एकअर्काको टाउकोमा हात राखेर फोन हेर्दै थिए । उनीहरुले भने, ‘यो त हामी यी क्षणमा तिमीसँगै भएजस्तो पो भयो किलियान ।’

हाम्रा लागि यो यति ठूलो थियो । ती स्थानमा जानु भनेको अर्को ग्रह घुम्नुजस्तो ।

चेल्सीमा त्यस अनुभवपछि मैले आफ्ना आमाबाबुसँग बोन्डी छाडेर ठूलो क्लबमा जानका लागि गुहार गरिरहेको थिएँ । तर, तपाईले मेरा बाबु र आमालाई बुझ्नुपर्छ । उनीहरु म घरमै बसेको हेर्न चाहन्थें ताकि म बच्चा रहिरहुँ र सामान्य जीवन बाँच्न सकुँ । मैले त्यतिबेला यो कुरा बुझिन, तर मेरा लागि वास्तवमा यो उत्कृष्ट कुरा थियो किनकी मैले धेरै कठिन पाठहरु सिकें, जो मैले कहिल्यै एकाडेमीमा सिक्न सक्दिंनथिएँ ।

मेरा बाबु १० वर्षसम्म मेरो प्रशिक्षक हुनुहुन्थ्यो र मैले क्लेरीफोन्टाइनस्थित फ्रेन्च एकडेमीमा ट्रेनिङ सुरु गरेपछि पनि उनी साताको एकपटक मेरा प्रशिक्षक बन्नुहुन्थ्यो । पक्कै पनि यो अद्भूत थियो । यो विश्वका उत्कृष्ट एकाडेमीहरुमध्ये एक थियो ।


क्लेरीफोन्टाइनमा हाम्रो क्षमता विकास नै सबै थियो । तर, बोन्डीमा वास्तविक जीवन थियो । त्यहाँ अर्धव्यवसाहिक लिगमा जोगिने संघर्ष थियो, त्यो जित्ने कुरा थियो ।


तर म बिदाको समय घर आउँदा मेरा बाबुको अर्धव्यवसाहिक टिम एएस बोन्डीका लागि खेल्थें । र, एकाडेमीमा मैले देखाउने हर्कत वहाँ सहन सक्नुहुन्नथ्यो ।

खासमा यो रमाइलो थियो किनकी म क्लेरीफोन्टाइनका प्रशिक्षकको भनाइलाई आफ्नो दिमागमा बोकेर घर फर्कन्थें । उनले यही कुरामा जोड दिन्थें कि मैले  आफ्नो कमजोर खुट्टालाई उत्कृष्ट बनाउन ध्यान दिनुपर्छ ।

क्लेरीफोन्टाइनमा हाम्रो क्षमता विकास नै सबै थियो । तर, बोन्डीमा वास्तविक जीवन थियो । त्यहाँ अर्धव्यवसाहिक लिगमा जोगिने संघर्ष थियो, त्यो जित्ने कुरा थियो ।

एक सप्ताहन्तमा म बोन्डीका लागि खेल्दैं थिए । मैले विङमा बल पाएँ । त्यो मेरो दाहिने खुट्टामा थियो । म एक्लै थिएँ । निकै उत्कृष्ट अवसर । मैले आफ्ना क्लेरोफोन्टाइनका प्रशिक्षकको आवाज सुनें, ‘किलियान आफ्नो देब्रे खुट्टा चलाउ ।’

त्यसैले मैले देब्रेबाट लङ पास दिने प्रयास गरें र म पूर्णत असफल भए । अर्को टिमले बल लियो र काउन्टर एट्याक ग-यो । मेरो बाबुले झन्डै मलाई मार्नुभयो ।

उनी ठूलो स्वरले चिच्याएको म अझै सुन्नसक्छु । ‘किलियान तिमी यहाँ क्लेरोफोन्टाइनको फेन्सी अनुभव प्रयास गर्न आएको होइनौँ । हामीले यहाँ लिग खेल्नै छ । तिमी क्लेरोफोन्टाइनमा गएर पुरै साता आफ्नो राम्रो मैदानमा अभ्यास गर्नसक्छौं । तर यो बोन्डी हो । यहाँ, हामीसँग पनि जीवन छ ।’

म अहिले पनि जहाँ जान्छु, यो पाठ बोकेर जान्छु । मेरा बाबुलाई थाहा थियो कि मेरो दिमाग बादलमा छ, त्यसैले उनले यो निश्चित गरे कि यो खुट्टा अझै मैदानमै रहोस् ।

यसपछि मेरो १४ औं जन्मदिनभन्दा ठिक पहिले, मैले अद्भूत सरप्राइज पाएको थिएँ । मेरा बाबुलाई रियल म्याड्रिडबाट कसैको फोन आएको थियो, बिदाको समयमा अभ्यासका लागि स्पेन आउन मलाई निमन्त्रणा थियो । यो झट्का थियो किनकी उनीहरुले खासमा मेरा बाबुसँग भनेका थिए, ‘जिदानले तपाईको छोरालाई हेर्न चाहनु भएको छ ।’ यस समय जिजु स्पोर्टिङ डाइरेक्टर थिए । पक्कै पनि म चन्द्रमामाथि थिएँ । म जानका लागि हतारोमा थिएँ ।

तर यो त्यति सहज थिएन, किनकी खासमा स्काउटहरु हाम्रो म्याच हेर्नका लागि आउन थालेका थिए र केही मिडियाले मलाई ध्यान दिन थालेका थिए ।

जब तपाई १३ वर्षको हुनुहुन्छ, कसरी यसलाई सम्हाल्ने भनेर तपाईलाई थाहा हुन्न । त्यहाँ निकै दबाब थियो र मेरो परिवारले मलाई संरक्षण गर्न चाहेको थियो ।

तर, त्यही साता ठ्याक्कै मेरो १४ औं जन्मदिन थियो र मलाई के थाहा थिएन भने मेरा अभिभावकहरुले क्लबसँग सबै कुरा मिलाइरहेका छन्, ताकि मलाई म्याड्रिड लग्न सकियोस् ।


म जिजुको कारमा छु । म बोन्डीको किलियान हुँ । यो वास्तविक होइन । म अझै पनि एयरप्लेनमा सुतिरहेको हुनुपर्ने थियों ।  कहिलेकाँही तपाई वास्तविकतामा बाँचिराख्दा पनि सपनाजस्तै महसुस हुन्छ ।


यो मेरा लागि केही आश्चर्य थियो ।

तर विश्वास गर्नुस् वा नगर्नुस्, हामीले कहाँ जादैंछौं भनेर कसैलाई पनि भनेनौँ । मैले मेरा नजिकका साथीभाईहरुलई पनि भनिंनँ किनकी म निकै नर्भस थिएँ । परिस्थिति राम्रो नभएको खण्डमा म आफ्नो छिमेक फर्केर उनीहरुलाई स्तब्ध बनाउन चाहन्न थिएँ ।

म एयरपोर्टबाट टे«निङ सेन्टर पुगेको त्यो क्षण कहिल्यै बिर्सन्न । जिदानले हामीलाई पार्किङमा आफ्नो कारसहित भेटेका थिए र पक्कै पनि त्यो निकै राम्रो कार थियो ।

हामीले हेल्लो भन्यौँ, र उनले मलाई अभ्यासका लागि मैदानसम्म ड्राइभ गरेर लैजाने प्रस्ताव गरे । म कहिले जाने भन्ने हतारोले फ्रन्टसिटतर्फ नियालिरहेको थिएँ । तर, अचानक म रोकिए र सोधें, ‘के मैले जुत्ता खोल्नुपर्छ ।’

हाहाहा.. मलाई थाहा छैन मैले किन यस्तो भने । तर, त्यो जिजुको कार थियो ! उनले रमाइलो माने । अनि भने, ‘पर्दैन, आउ, बस ।’

उनले मलाई ट्रेनिङ मैदानमा लगे र म केवल मेरोबारे मात्रै सोचिरहेको थिए । म जिजुको कारमा छु । म बोन्डीको किलियान हुँ । यो वास्तविक होइन । म अझै पनि एयरप्लेनमा सुतिरहेको हुनुपर्ने थियों ।  कहिलेकाँही तपाई वास्तविकतामा बाँचिराख्दा पनि सपनाजस्तै महसुस हुन्छ ।

रुसमा विश्वकपमा पनि त्यस्तै अनुभव भयो । तपाईले हेर्नुहुन्छ, एक व्यक्तिका रुपमा तपाईले विश्वकपको अनुभव गर्न सक्नुहुन्न, तपाईं एक बालककारुपमा यसको अनुभव गर्नसक्नुहुन्छ ।

सबै सम्झनामध्ये मैले कहिल्यै नबिर्सने भनेको अस्ट्रलियाविरुद्धको खेलअघि हामी टनेलमा उभिँदाको हो, जतिबेला हामी मैदानमा प्रवेश गर्ने प्रतिक्षामा थियौँ ।

यतिबेला मलाई महसुस भयो, म के कुरामा बाँच्दैछु । मैले ओस्माने डेम्बेलेतर्फ हेरें, हामी केवल हाँसिरहेका थियौँ र टाउको हल्लाइरहेका थियौं ।

मैले भने, ‘हामीलाई हेर ! इभ्य्रुको केटो र बोन्डीको केटो, आज हामी विश्वकप खेल्दैछौं ।’

उसले भन्यो, ‘साँच्चै, यो अविश्वसनीय छ ।’

हामी मैदानमा छि-यौं र महसुस ग-यौं कि ६ करोड ५० लाख मानिस हाम्रो पछाडि छन् । जब मैले ला मार्सेइलेस सुनें, म झन्डै रोएँ ।

मेरा लागि यो रोचक छ कि त्यस गृष्ममा विश्वकप जित्ने हामीमध्ये धेरै ग्रामिण इलाकामा हुर्किएका थियौँ । त्यस्तो छिमेक जहाँ तपाईले १४ होइन, १० होइन, १ होइन १५ जनासँग हात मिलाउनुपर्छ ।

बोन्डीका बालबालिकाका लागि ।

इल्ली डि फ्रान्सका बालबालिकाका लागि ।

ब्यानलुईसका बालबालिकाका लागि ।

हामी फ्रान्स हौँ । तपाईंहरु फ्रान्स हो ।

हामी सपना देख्ने पागलहरु हौँ । र, भाग्यवस हामीलाई सपना देख्न धेरै पैसा लाग्दैन ।

खासमा यो निःशुल्क छ ।

तपाईंहरुकै

बोन्डीको किलियान एमबाप्पे ।

स्रोत : प्लेयर ट्रिब्युन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.