शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको पेप्सीकोलामा भर्खर जन्मेको शिशु फेला

शनिबार, २४ साउन २०७७, १२ : ०४
शनिबार, २४ साउन २०७७

काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् । कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । 

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । 
बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप