केन्द्रीय संस्करण

इंग्ल्याण्डमा शनिबारदेखि ‘फेस मास्क’मा थप कडाई

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

लन्डन – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई कम गर्न इंग्ल्याण्डमा आज शनिबारबाट फेस मास्कको प्रयोगलाई थप कडाइका साथ लागू गरिएको छ ।

गत जुलाई २४ देखि दोकान, शपिंग सेन्टर, बैंक, टेकअवे, पोष्ट अफिस, स्याण्डविच पसल, तथा सुपरमार्केटमा मास्कको प्रयोग गरिदै आएकोमा अबदेखि अन्य विभिन्न स्थानहरुमा समेत मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

सरकारद्वारा जारी नयाँ नियमअनुसार शनिबारबाट सिनेमा हल, म्युजियम र पूजा गर्ने स्थलहरुमा समेत मास्कको अनिवार्य प्रयोग गरिएको छ । सार्वजनिक यातायातमा पनि पहिलादेखि नै मास्क अनिवार्य गरिएको छ ।

तर, ११ वर्ष भन्दा कम उमेर भएकाको लागि भने मास्कको प्रयोग अनिवार्य गरिने छैन । यसैगरी शारीरिक अपाङ्गता भएका, स्वास्थ्य स्थिति कमजोर भएका, तथा मास्कको प्रयोग गर्दा शारीरिक, मानसिक लगायत विभिन्न रोगमा असर पर्ने भएमा पनि मास्कको प्रयोग अनिवार्य हुने छैन ।

सरकारको यस नीतिलाई पालना गराउनको लागि प्रधानमन्त्री बोरिस जोन्सनले गृह मन्त्रालयलाई यसघि नै निर्देशन दिइसकेका छन् । मास्कको प्रयोग सम्बन्धि नियमको उलंघन गरेमा एक सय पाउण्डसम्मको जरिवाना गरिने नियम यसघि नै सरकारले लागू गरिसकेको छ । मास्कको सट्टामा सामान्य स्काफको पनि प्रयोग गर्न सकिनेछ, जसले नाक र मुखलाई ढाक्न सकोस । आफ्नो परिचय खुलाउनुपर्ने स्थानहरु बैंक लगायत उमेरको हदबन्दी तोकिएको ठाउँमा मास्क हटाउन सकिनेछ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मास्कको प्रयोगमा थप कडाइ गरेको हो । बेलायतमा कोरोना भाइरसबाट शुक्रबारसम्म ४६ हजार ४ सय १३ जनाको ज्यान गैसकेको छ ।  यसैगरी गएको २४ घन्टामा थप ९ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको दोस्रो तरङ्ग आउन सक्ने  भन्दै यसको नियन्त्रणमा सबैले एकजुट हुन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गर्दै आएका छन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.