शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, २४ साउन २०७७, ०८ : २८
शनिबार, २४ साउन २०७७

बुटवल – कार दुर्घटनामा तीन जनाको  मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो। 

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको हो । 

दुर्घटनामा  घाइते भएका चार जनालाई लागी भिम अस्पताल भैरहवा लगिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।

दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी  रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप